प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु बिच तालमेल नहुने भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने उल्लेख छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका थिए ।