News in Nepali

पल शाह प्रकरणमा पीडितको बयान बदलियो, अरुको उक्साहटमा उजुरी गरेको खुलासा

Lumbinikhabar Online

जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। अभिनेता पल शाहविरुद्धको मुद्धामा आफ्नो उजुरी सत्य नभएको बताउँदै नाबालिग गायिकाले बयान फेरेकी हुन्।

पल शाह पुर्पक्षको लागि थुनामा छन्। आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्।

उनले यसअघिको बयान आफ्नो नभई प्रहरीले आफैँले लेखेको आरोप लगाएकी पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बताइन्। अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी छिन्।

 

Tags

छुटाउनु भयो कि ?