महाप्रसाद अधिकारीलाई गभर्नरबाट हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका कर्मचारीले आन्दोलन थालेका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घले गभर्नर निलम्बनको विरुद्धमा केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर टाँसेर आज आइतवार विरोध थालेका हुन् ।
सरकारले केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको, गभर्नर अधिकारीमाथि निराधार आरोप लगाएको लगायतका विषय आन्दोलनकारी कर्मचारीले उठाएका छन्
।
सरकारका निर्णय पालना नगरेकाे लगायतका आराेप लगाउँदै गएको चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आराेपमाथि छानबिन गर्न समिति गठन गरेकाे थियाे ।