प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालेआफूले जानेर आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैं रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै सभामुख सापकोटाले एस्तो बताएका हुन् ।
उनले भने , ‘मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र भ्रष्टाचार चाहिँ मेरो दृष्टिमा र मलाई लाग्दछ यहाँ यो स्तरकै विद्धानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीविहरु हुनुहुन्छ । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो र यस्तै गरी हामीले खबरदारी गरेनौं भने यसविरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ ।´
यस क्रममा सापकोटाले सात वटै प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान लैजानु पर्ने बताएका थिए । र त्यसमा आफ्नो पूर्ण समर्थन रहने उनले बताए ।