काठमाण्डौंमा चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । जिल्लाको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर-३ स्थित सीमानामा रहेको पुर्वपश्चिक गेष्ट हाउसमा चेकजाँच गर्दा प्रहरी प्रभाग बुढानीलकण्ठले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका-९ घर भई हाल चाँगुनारायण -५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका-५ घर भई चाँगुनारायण ५ बस्ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका-४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।
उनीहरुको साथबाट चितुवाको छाल बरामद गरि
आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।