नेकपा एमाले अध्यक्ष केपी ओलीले एमाले प्रतिपक्षमा बस्ने पार्टी नभएको बताएका छन् ।
शुक्रबार लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले आगामी चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।
जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पु¥याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।