नेकपा एकीकृत समाजवादी दैलेख जिल्लाका सचिवले पार्टी परित्याग गरेका छन् । एमालेको झन्डामुनि गोलबन्द हुने भन्दै सचीव मानबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले स्वागत गरेका छन् ।
शुक्रबार खड्काले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘५० को दशकको सुरुमा पार्टी जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रही मैले दैलेख कम्युनिष्ट आन्दोलनमा आफ्नो सकरात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय छोडेको छु ।
आजैबाट एसको सबै जिम्मेवारी छोडी एमालेको झन्डामुनि गोलबन्द हुने निर्णय गरेको छु ।’ २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।