News in Nepali

काङ्ग्रेस भित्र चुनावमा विभाजित भएर जाने छुट कसैलाई नभएको नेता कोइरालाको भनाइ

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट नभएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’उनले भने ।

मतभेद र मनभेदका विषय पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जानुपर्ने भन्दै उनले पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखाको प्रवृत्तिविरुद्ध संघर्ष भने गरिरहने बताए ।

Tags

छुटाउनु भयो कि ?