राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा जनमोर्चाले संघीयता खारेजीको विषयलाई प्रमुखताका साथ उठाउने गरेको राष्ट्रिय जनमोर्चाले घोषणा पत्रबारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिमा भनेको छ, ‘स्थानीय निकाय वा तह दैनिक रूपले स्थानीय जनताका समस्या सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ। त्यसैले स्थानीय निकाय वा तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतासँग जीवित सम्बन्ध कायम गर्न जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसको महत्वपूर्ण भूमिका रहेको छ।’