News in Nepali

सार्वजनिक क्षेत्रको अतिक्रमण बढिरहेको भन्दै त्यसलाई रोक्न पर्छ : मन्त्री झाक्री

Lumbinikhabar Online

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक क्षेत्रको अतिक्रमण बढिरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको बताएकी छन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले
काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको बताइन् । २०७८ को तथ्यांक हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाडौं लगायतका शहरमा बसाइँसराइ गर्ने सम्भावना बढीरहेको उनले बताइन् ।

बसाइँसराइलाई कसरी सदुपयोग गर्ने भन्ने कुराको अध्ययन गरी यसलाई अवसरको रुपमा प्रयोग गर्न तयार हुनुपर्ने उनले बताइन् । सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने भन्ने कुरा असाध्यै चुनौतीपूर्ण रहेको उनले बताइन् ।

Tags

छुटाउनु भयो कि ?