झापामा मेयरका आकाङ्क्षी एक जनाले एमाले परित्याग गरेका छन् । जिल्लाको मेची नगर नगरपालिकाको मेयरका आकाङ्क्षी डिल्लीराम घिमिरेले आफू उम्मेद्वारको सिफारिसमा नपरेपछि पार्टी छाडेका हुन् ।
झापाको एमाले जिल्ला कमिटि सदस्य समेत रहेका उनले आज मेची नगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’
उनले पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै भने, ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’