News in Nepali

नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन् : मन्त्री झाक्री

Lumbinikhabar Online

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको  आरोप लगाएकी छन् ।

आज सोमवार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बाग्मती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन । उनले भनिन् , ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू जो सुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।

मन्त्री झाँक्रीले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरूको रटानका कारण थप समस्या सिर्जना भएको बताइन् । अहिले विद्यमान कानुन र स्रोत साधनले बाग्मती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै उनले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिइन् ।

 

 

Tags

छुटाउनु भयो कि ?