नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको अर्ग्ल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएको बताएका छन् ।
सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले भने , ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरुको अर्ग्ल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सञ्चिति छैन, घटिरहेको छ । चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ ।’
उनले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए । उनले भने, ‘जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ? जनसंख्या र जनशक्तिको रेस्यूमा हामी ठिक ठाउँमा छौँ कि छैनौँ यो विषय पनि छलफलको विषय छ । कुनै पनि उमेर समूहका कुनैपनि मानिसहरु स्वास्थ्यको आधारभुत सेवाबाट बञ्चित हुनुहुँदैन।’