News in Nepali

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

Lumbinikhabar Online

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको विषयलाई लियर सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बसेको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल गर्ने बताइएको छ ।

५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने सहमति गरेपनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेको छैन ।

यसैबीच आजको बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरेर जान दलहरु तयार भएपनि कतिपय स्थानमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच समान बुझाई नभएपछि शीर्ष नेताले संयुक्त अपिल जारी गर्न लागेका हुन् ।

Tags

छुटाउनु भयो कि ?