नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका बडुको ठाउँमा अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री नियुक्त गरिएपछि उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका हुन् ।
यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री शेरबहादुर देउवा सँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।