मन्त्रिपरिषदको नियमित बैठक अपरान्ह चार बजे बालुवाटारमा बस्दैछ । बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।
आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रुपमा नियुक्तिहरुको निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।