नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एस्तो बताएका हुन् ।
उनले एमाले र पाँच दलीय गठबन्धन बीचको फरक छुट्याउँदै भने, ‘हामी सबैको सुख भन्छौ, उनीहरु आफ्नो सुख भन्छन्, हामी सबैको न्याय भन्छौ उनीहरु आफ्ना लागि भन्छन्, हामी र पाँच दलीय गठबन्धन बीचको फरक यही हो ।’ उनले आफुहरु त्यस्तो नगर्ने भन्दै सबैको सुख र सम्बृद्धिका लागि लड्ने दावी गरे ।
त्यसक्रममा उनले पाँच दललाई गधाको कथासँग तुलना गर्दै भने, ‘हाम्रा मित्रहरु शिलान्यास गर्ने बेलामा विरोध गर्छन् । उद्घाटन गर्ने बेलामा कुरो बुझ्छन् र वत्ति बाल्न जान्छन् । ’