सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन जना डीआईजी लाई एआईजी मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज साेमवार पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले याे विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उहाँकै इजलासमा पर्दा आज पनि सुनुवाइ हुन सकेन ।
एआईजी बढुवाविरुद्ध डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । मन्त्रिपरिषद् बैठकले डीआईजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।