News in Nepali

सिन्धुलीमा बाढिले बन्दै गरेको पक्की पुल भत्काउदा करिब तीन करोड बराबरको क्षति

Lumbinikhabar Online

सिन्धुलीमा बेमौसमी वर्षापछि आएको बाढिका कारण बन्दै गरेको पक्की पुल भत्किदा करिब तीन करोड बराबरको क्षति भएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो ।

ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनी जनाएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना भत्काएको हो ।

वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको छ ।

योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना धकेलिएको छ । खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन् । पुलले ह्यूम पाइप राखेर निकास नहुँदा स्थानीयको घरमासमेत बाढी पसेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?