वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवनमा सत्ता गठबन्धनका पाँच दलबीच सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।
सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको स्रोतले जनाएको छ ।