News in Nepali

प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपालीको स्वाभिमानलाई कमजोर बनायो : एमाले नेता पोखरेल

Lumbinikhabar Online

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले नेपालीको स्वाभिमान कमजोर भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने ‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ,ु उनले भने । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग गएर भारत घुमेर मात्रै आएको उनले बताए ।

राष्ट्रिय अडानलाई प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उनले बताए । नेपाल र भारतको सहमतिमा गठन भएको इपिजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उनले बताए ।

Tags

छुटाउनु भयो कि ?