News in Nepali

सप्तरीमा टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु , पाँच जना घाइते

Lumbinikhabar Online

सप्तरीमा बोलेरो गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?