नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको म्यादी सरकार भएको बताएका छन् ।
जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा पार्टीले आयाेजना गरेकाे जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गर्दै भने, ‘यो म्यादी सरकार हो । दिनगन्ती सुरु भइसकेको छ ।’
जनसभामा स्थानीय नेताहरूले कर्णालीको विकासमा जोड दिन पूर्वप्रधानमन्त्री ओलीलाई सुझावसहित अनुरोध गरे । अध्यक्ष ओलीले जुम्ला आउनुअघि दैलेखको दुल्लुको अवलोकन गरेका थिए ।
यसैबीच अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सी चामलसँगै सिमीको तरकारी खाए । उनले भने ‘पहिले एक पटक मार्सी चामल खाएको थिए । निकै चर्चा चुल्यो । अहिले त झन् सिञ्जामै आएर मार्सी चामल र हिमा नदीको माछा खादा खुसी भएँ ।