News in Nepali

`देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको छ´ : विप्लव

Lumbinikhabar Online

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको बताएका छन्

बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै उनले भने– ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । नेपाल ध्रुवीकरण हुँदैछ । देशभक्त र देशघातीहरुको बीचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा । दलाल र स्वाभिमानी नागरिकको बीचमा एउटा ध्रुवीकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ ।’

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाई छ ।

Tags

छुटाउनु भयो कि ?