News in Nepali

`हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ : डा. बाबुराम भट्टराई

Lumbinikhabar Online

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बेलैमा नेपालले सन्तुलित सम्बन्ध मिलाएर जान नसके नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका छन् ।

बिहीवार रिपोर्टस क्लवको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको भन्दै उनले भने ,‘हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ ।

हामीले समयमा नै वुद्धि पु¥याउँदा शताकौँपछि हाम्रो देश अग्रणी केन्द्र, आर्थिक हिसावले, राजनीतिक हिसावले, सांस्कृतिक हिसावले राम्रो बन्ने सम्भावना रहेको भन्दै त्यसका लागि राष्ट्रिय समझदारी बनाउनु पर्नेमा उनले जोड दिए ।

Tags

छुटाउनु भयो कि ?