News in Nepali

हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ , यसमा द्वीमत छैन : प्रधानमन्त्री देउवा

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको बताएका छन् । बिहीवार रिपोर्टस क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने भन्दै ‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्वीमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन , वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकतावद्ध रुपमा अघि बढाउने छौँ । गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ ।’ उनले भने

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको पनि बताए । उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए । प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?