News in Nepali

पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिने सङ्केत

Lumbinikhabar Online

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् ।

आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् ।

प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

सरकारले सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।

 

Tags

छुटाउनु भयो कि ?