News in Nepali

चितवन, मकवानपुर र नवलपुरसम्मलाई जोडेर विकास प्राधिकरणको अवधारणाबाट छलफल गर्दैछौं,’ : प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकासको नयाँ मोडेलबारे सोचिरहेको प्रचण्डले बताएका छन् ।

आज चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रममा बोल्दै उनले भने ‘पूरै चितवन, मकवानपुर र नवलपुरसम्मलाई जोडेर विकास प्राधिकरणको अवधारणाबाट छलफल गर्दैछौं,’ प्रचण्डले भने, ‘नारायणीमा धेरै पुलहरु बनाएर विकासलाई नयाँ गति दिन सकिन्छ ।’ उनले भौतिक पूर्वाधार विकासमा सहयोग गर्न स्थानीयवासीलाई आग्रहसमेत गरे ।

ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले विद्युतीकरणको क्षेत्रमा प्रगति गरेजस्तै अन्य सबै मन्त्रालयले काम गर्ने हो भने देश बनाउन धेरै वर्ष नलाग्ने प्रचण्डले बताए ।

 

Tags

छुटाउनु भयो कि ?