News in Nepali

‘प्रमाण जुटेपछि म चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा छु ’ : प्रियंका कार्की

Lumbinikhabar Online

क्रिप्टोकरेन्सी भनिने भर्चुअल मुद्राको विज्ञापनमा आफूलाई मुछिएपछि अभिनेत्री प्रियंका कार्कीले त्यसविरुद्ध प्रमाण जुटेपछि चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा रहेको बताएकी छन् ।

बुधबार अनलाइन खबर संग कुरा गर्दै उनले भनेकी छन् ‘आज पनि ब्युरोमा पुगेरै मैले प्रमाण जुटाउने र कानुनी उपचारमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेकी छु,’ ‘प्रमाण जुटेपछि म चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा छु ।’

सिंगापुरमा दर्ता भएको एक वेबसाइटले सुरुमा फेसबुकमा उक्त पोस्ट गरेको जानकारी प्रहरीले आफूलाई दिएको जानकारी प्रियंकाले दिइन् । फेसबुकको एउटा स्पोन्सर्ड पोस्टमा प्रियंकाको तस्वीरसहितको ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिंक राखिएको विज्ञापन केही दिनअघि देखिएको थियो ।

Tags

छुटाउनु भयो कि ?