News in Nepali

काठमाडौँको फर्पिङमा ४७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

Lumbinikhabar Online

काठमाडौको फर्पिङमा ४७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्‍ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्‍ने २० वर्षीय रमेश यादव रहेका छन् ।

हेटौंडाबाट काठमाडौं आउँदै गर्दा दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा चेकजाँच गर्ने क्रममा पक्राउ उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?