News in Nepali

सात एयरलाइन्स कम्पनीलाई छिटो बक्यौता तिर्न प्राधिकरणको सुझाव

Lumbinikhabar Online

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्स कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा राख्ने भएको छ ।

अहिले सञ्चालनमा नरहेका तर बक्यौता फरफारक गर्न बाँकी रहेका ती  कम्पनीहरुको लागि  प्राधिकरणले एस्तो निर्णय गरेको हो ।

ती कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।

आइतबार एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

Tags

छुटाउनु भयो कि ?