News in Nepali

अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा ९ जना विरुद्ध विषेश अदालतमा मुद्धा दायर

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध विषेश अदालतमा मुद्धा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित आयोगले शुक्रबार उनीहरुविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।

आयोगका अनुसार गण्डकी यातायात व्यवस्था कार्यालयबाट २०७५ मंसिर, २०७६ कात्तिक र मंसिरमा संचालित लाइसेन्सको परीक्षामा उत्तिर्ण भएकालाई अनुत्तिर्ण​ र अनुत्तिर्ण भएकालाई उत्तिर्ण गरी अनियमितता गरेको पाइएको छ । आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतमलगायत ९ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?