विराटनगरका एकजना उद्योगीले महामूर्ख उपाधि पाएका छन् । होली पर्वमा मारवाडी युवा मञ्च विराटनगरले उद्योगी महेश जाजूले महामूर्ख उपाधि प्रदान गरेको हो ।
मारवाडी समुदायमा महामूर्ख उपाधिलाई सम्मानको रुपमा ग्रहण गरिन्छ । मंगलबार राति कार्यक्रमको आयोजना गरी जाजूलाई उपाधि दिएको बताइएको छ ।
स्रोतका अनुसार हरेक वर्ष होली पर्वमा यो उपाधि दिइदै आएको छ । समाजमा कुनै न कुनै रुपमा योगदान गरेका व्यक्तीलाई सम्मान गर्ने उदेश्यले महामूर्ख उपाधि दिइन्छ ।
रमाइलोका लागि उपाधि पाउने व्यक्तीलाई हिरोइनको फोटो राखिएको ताज र बजारमा पाइने सस्तो तरकारीको माला बनाएर लगाइएको छ । २०४९ सालमा स्थापना भएको मारवाडी युवामञ्चले होलीमा महामूर्ख उपाधि दिने परम्परा छ । होलीमा रमाइलो गर्ने उदेश्यले पनि यो उपाधि दिइने यो उपाधी एक वर्षसम्म रहन्छ ।
गत वर्ष महामूर्खको उपाधि उद्योगी चम्पालाल राठीले पाएका थिए । राठीले उपाधि जाजूलाई हस्तान्त्रण गरे । अग्रवालका अनुसार महामूर्ख उपाधि दिएपछि होली खेल्दै बजागाजासहित बजार डुल्ने परम्परा पनि छ । तर कोरोना महामारीका कारण बजार परिक्रमा गर्ने कार्यक्रम नभएको उनले बताए ।