News in Nepali

चैतभित्र मेलम्चीको पानी काठमाण्डाै पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

Lumbinikhabar Online

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैतभित्र मेलम्चीको पानी काठमाण्डाै पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

आज बुधवार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैतसम्म जसरी पनि पानी काठमाण्डाै पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए ।

मन्त्री चौधरीले भने , ‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिनाभित्रै काठमाण्डाै पानी पुर्‍याउनुपर्छ ।’

उनले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिए ।

 

Tags

छुटाउनु भयो कि ?