नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान । ४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरित दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग ठोक्किदा बसमा सवार रुपन्देही खैरेनी सूर्यपुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डेको मृत्यु भएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै , सोही दुर्घटनामा परि घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुबै सवारीसाधन सहित चालकहरू जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।