News in Nepali

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

Lumbinikhabar Online

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाण्डौ आएका उहाँ बेलुका स्वदेश फर्किँदै छन् ।

 

Tags

छुटाउनु भयो कि ?