मनोरन्जन

पुष्पको निर्देशनमा सन्देशमुलक सर्टमुभी ‘अ गूड् जोक’ सार्वजनिक

Lumbinikhabar Online

‘अ गूड् जोक’ सर्ट मुभी सार्वजनिक ‘नाम र दाम कमाउनको लागि अरूलाई हानि हुने काम नगरौ’ भन्ने सन्देशका साथ हालै एक सर्ट मुभी ‘अ गूड् जोक’ सार्वजनिक गरिएको छ । आजभोलि आफू भाईरल हुन र पैसा कमाउनको लागि जे पायो त्यही भिडियो खिच्ने र कसैको अनुमती बिना नै भिडियो सार्वजनिक गरेको पाईन्छ । जुन कुरा एकदमै गलत हो । यस्तो खालको भिडियोहरु बनाँउदा अरुलाई नराम्रो असर पर्नसक्छ । प्रस्तुत सर्ट मुभीमा पनि यस्तै कथावस्तु समिटर तयार गरिएको छ । जसमा काठमाण्डौमा कोठा भाडामा बस्ने महत्वकाङ्क्षी मध्यबर्गिय युबकको चरित्र मार्फत कथा भनिएको छ । स्वामी आत्मो पुष्पको कथा तथा निर्देशनमा तयार पारीएको यस् सर्ट मुभीमा स्क्रिनप्ले र संवाद पनि पुष्प र प्रदिप के सीको रहेको छ ।

मुभीमा स्वयम स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा। बिपिन जैसवाल, रोहित कार्की लगायतको अभिनय रहेको छ । बाल कृष्ण लम्साल र चिरन्जिबी वि क निर्माता रहेको यस् सर्ट मुभीलाई भुपेन थापा मगरले खिचेका हुन भने सम्पादन नकुल खडकाले गरेका हुन । महालक्ष्मी नगरपालिका, धनकुटाका स्वामी आत्मो पुष्प हाल काठमाण्डौमा बसोबास गर्दै आईरहेका छन । फिल्म लेखकनिर्देशककलाकार उनी ओशो सन्यासी पनि हुन । चङ्गा चेट, गोपि, दयारानि, साङ्लो, मालिका कमिटमेन्ट 60 आवर लगायत दर्जन मुभीमा असिस्टेन्ट डाईरेक्सनको अनुभव बटुलीसकेका उनले यो भन्दा अगाडि केही कभर म्युजिक भिडियो र कमेडि भिडियो पनि निर्माण गर्ने तथा अभिनय गररिसकेका छन । सर्ट मोभि चाहिँ यो पहिलो हो । राष्ट्रिय नाच घरमा बिरेन्द्र हमालसँग अभिनय तालिमा लिएका उनली सकृप्ट लेखनमा सर्ट कोर्ष गरेका छन । बाकि फिल्म सम्बन्धि कुराहरु भने सेल्फ स्टडि मार्फत सिकेको उनले बताए । फिल्मको माध्यमबाट पुरै देशभरि अध्यात्म मेडिटेशन र बुद्धको सन्देशलाई फैलाउने र चेतना स्तर बढाउने उदेश्यका साथ उनी आफु यो क्षेत्रमा आएको कुरा सुनाए ।

“फिल्म दुनियामा छु, आशा छ मेरो यो अभियानलाई साथ मिल्ने छ। यहि अभियानको लागि युटुब च्यानल (PUSHPA – Meditation & Movies) खोलेको छु । सुरूवात यसरी नै भएपनि बिस्तारै फिचर मुभिमा पनि जाने छु । नेपालमा या विश्व समुदाय कै मुख्य समस्याहरू र तिनिहरूको समाधान स्वरूम मेडिटेशन र फिल्मको माध्यमबाट केही गर्न मन छ ।” उनले थपे । युबाहरू माझ भैरहेको फ्रष्टेशन र त्यसको समाधान मोटिभेसन सहितको ईन्फो टेनमेन्ट मुभीमा विशेष रुचि राख्ने र नेपालको शिक्षामा क्रान्ति र घरेलु हिंसा लगायत महिला सशक्तिकरणसंग सम्बन्धि फिल्महरू आगामी दिनमा दर्शक मार्फत ल्याउने र युटुबमा मेडिटेशनसंग सम्बन्धित शो पनि ल्याउने र सत्य र न्याय को लागि सधै वकालत गर्ने छु भन्दै उनले आफ्नो आगामी दिनको योजनाहरु पनि सुनाए ।

Tags

छुटाउनु भयो कि ?