News in Nepali

एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो : प्रधानमन्त्री देउवा

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना नेपाललेब मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन प्रोजेक्ट भएको बताएका छन् ।

शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने ‘एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् तयार रहनुस्’ देउवाले भने ।

योसँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् ।

Tags

छुटाउनु भयो कि ?