News in Nepali

झापामा एम्बुलेन्सको ठक्करबाट ३६ वर्षीय पैदलयात्रीको मृत्यु

Lumbinikhabar Online

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् ।

जिल्लाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी मे १ च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्ससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags

छुटाउनु भयो कि ?