एक महिला माथी बलात्कार गरेको अभियोगमा गत फागुन १६ देखि थुनामा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।
आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए ।