बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँने भएको छ । शाह गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने बताइएको छ ।
१७ वर्षीया बालिकाले शाहले आफूलाई पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए ।