अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा अनुमोदन भएपछि उक्त सम्झौताका विरुद्ध साना वामपन्थी दलहरुले शुक्रबार राजधानीमा विरोध र्याली गरेका छन् ।
विरोधका कार्यक्रमहरु विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी लगाएतका साना दलहरु रहेका छन् ।