नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिच भेटवार्ता भएको छ ।
भेटमा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे भएको छलफलमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को समेत उपस्थिति रहेको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेका विप्लवले संसदबाट एमसीसी अनुमोदन भएसँगै एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।