News in Nepali

ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Lumbinikhabar Online

सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको छ । बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाडको रुपमा मनाउदै आएको उक्त पर्वको अवसरमा गृह मन्त्रालयले बिहीबार बिदा दिने निर्णय गरेको हो ।

सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

Tags

छुटाउनु भयो कि ?