News in Nepali

फागुन २२ गते बस्ने गरी सर्यो प्रतिनिधि सभाको बैठक

Lumbinikhabar Online

प्रतिनिधि सभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ।

आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए।

एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।

लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरे ।

एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ । माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

Tags

छुटाउनु भयो कि ?