प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी र्शमा ओलीले आफ्नो पार्टीले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन् ।
मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताएका छन् ।
सभामुखले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप समेत लगाएका छन् ।
यस्तै ,संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे । उनले सत्तारुढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगी धन्दा चलाएको तर्क समेत गरे ।
ओलीले संशोधनका कुरा गर्नेहरुले पनि यथास्थितिमा एमसीसी पास गरेको भन्दै आपत्ति जनाएका थिए ।