News in Nepali

एमसीसीलाई कार्यान्वयन गर्नुको विकल्प छैन : केपी शर्मा ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् ।

एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने , ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न । प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्‍यो । तर जसरी भएपनि पास भइसकेपछि कार्यान्वयनमा जानुको विकल्प छैन ।’

अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितकोको प्रत्याभूति हुनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

 

Tags

छुटाउनु भयो कि ?