नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता गर्दा आफुहरु संग कुनै सल्लाह नगरेको बताएका छन् ।
आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले भने , ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।
सम्मेलनमा अध्यक्ष अोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला फैलाएको प्रति आपत्ति जनाए ।