नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन पछि देश दुर्घटनाबाट बचेको बताएका छन्। समसामयिक परिस्थितिबारे सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एस्तो बताएका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, `हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’
पछिल्लो समय पनि आफूले नै व्याख्यात्मक घोषणामार्फत् एमसिसी पारित गर्ने प्रस्ताव ल्याएको प्रचण्डले दाबी गरे।
आइतबार संसदबाट पारित भएको व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने उल्लेख गर्दै प्रचण्डले यो महाकाली सन्धीमा गरिएको संकल्प प्रस्तावजस्तो नभएको बताए।