रुपन्देहीको बुटवलमा बन्द गराउदै हिड्ने १७ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा सोमबार विभिन्न ६ दलले नेपाल बन्द आह्वान गरेका थिए । जबर्जस्ती बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।